फुस्रे खोलामा बेपत्ता भएका गुरुङको खोजीकार्य तिव्र
पाेखरा | जेठ २२, २०७९
पोखरा: पोखराको फुस्रे खोलास्थित दोविल्लामा पौडी खेल्ने क्रममा बेपत्ता भएका स्याङ्जाको पुतलीबजार नगरपालिका ७ बेशीगाउँका पूर्ण गुरुङको खोजीकार्य तिव्र पारेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गुरुङ शनिबार पौडी खेल्ने क्रममा दिउँसो करिब ३ बजे बेपत्ता भएका थिए ।
उनको नेपाल प्रहरी, सशत्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय टोलीले खोजीकार्य गरेको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले जानकारी दिए ।
‘खोजीकार्य तिव्र छ । एपिएफको र नेपाल प्रहरीको एक्सपर्ट टिम हिजोबाट अहिलेसम्म र्याफ्टिङको टोलीसहित खोजीराको छ, उनले सुनगाभा न्यूजसँग भने, ‘अझै ट्रसिङ भएको छैन । खोज्ने काम त जारी नै छ ।’
बेपत्ता भएका गुरुङ सहित फुस्रे खोलामा पौडी खेल्न ७ जना गएका थिए । सँगै गएका अन्य साथीहरुका अनुसार माथीबाट हाम फाल्ने क्रममा गुरुङलाई खोलाले बगाएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

